नियम ८
कामदार वा कर्मचारीलाई कटौती गर्ने क्रम
: ऐनको दफा १२ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम अगाडि नियुक्त भएका कामदार वा कर्मचारीलाई कटौती गर्नु पर्ने भएमा व्यवस्थापकले देहायका क्रमअनुसार कटौती गर्नु पर्नेछ ः
(क) अगाडि नियुक्त भएका कामदार वा कर्मचारी गैर–नेपाली नागरिक भएमा पछि नियुक्त भएका नेपाली नागरिकलाई कटौती नगरी त्यस्तो गैर–नेपाली नागरिकहरुलाई कटौती गर्नु पर्ने ।
(ख) स्वास्थ्यको कारणबाट सबै भन्दा बढी अवधि अनुपस्थित रहने कामदार वा कर्मचारी भएमा ।
(ग) अन्य कुनै आवश्यक कारण भएमा ।